२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

गण्डकी प्रदेशसभामा एमाले सांसदको उदण्डता, पूर्वमन्त्रीले टेवल उचालेर फाले (भिडियो)


३० असार, काठमाडौँ । नेकपा एमालेका संसदलहरूले बुधबार गण्डकी प्रदेश सभामा उदण्डा प्रस्तुत गरेका छन । उनीहरूले आफ्नो माग पूरा नभएको भन्दै प्रदेशसभामा रहेको टेबुलनै उचालेर फ्याँकेका छन ।

लगातार तीनपटक सदन अवरुद्ध गरेपछि सरकारले बजेट जबर्जस्ती बजेट पारितको प्रस्ताव गर्न लागेपछि एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले संसद् भवनभित्रै रहेको टेबल उठाएर फालेका थिए । बस्नेत गण्डकी सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् । उनीहरुले बैठक बहिस्कार गर्न लाग्दा सुरक्षाकर्मीसँग धकेलाधकेल भएको थियो ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफूहरुले अघि सारेका १० बुँदे माग पूरा नभए सदन चल्न नदिने अडान राखेर लगातार अवरुद्ध गरेको थियो । विपक्षी नेकपा एमालेको विरोधका बीच गण्डकी प्रदेशको बजेट पारित गरिएको छ ।

@dainiki.com

गण्डकीको प्रदेशसभा बैठकमा एमालेका सांसदले कुर्सी टेबुल तोडफोड गरेका छन

♬ original sound – dainiki.com – dainiki.com

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १८:११