१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

२९ असार, धनुषा। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ ।

आज अपरान्ह् सवा तीन बजे मुख्यमन्त्री राउतको आमा राधिका देवीको निधन भएको छ । उहाँ ७० वर्षको हुनुहुन्थ्यो ।

सामान्य ज्वरो आएपछि उपचारका लागि तीन दिनअघि सिमावर्ती भारतीय शहर रक्सौलस्थित डंकन अस्पतालमा भर्ना गरिएको उहाँको उपचारका क्रममा निधन भएको मुख्यमन्त्री राउतको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँलाई अन्तिम संस्कारका लागि आजै पैतृक गाउँ पर्साको जगन्नाथपुर लाने र भोलि बिहान ९ बजे मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले जनाएका छन् ।

मृतक राउतका दुई छोरा र दुई छोरी हुनुहुन्छ । जेठो छोरा लालबाबु राउत प्रदेश नं २ का मुख्यमन्त्री हुनुहुन्छ भने कान्छो छोरा रामबाबु राउत कृषक हुनुहुन्छ

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार १८:२६