२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

कालीगण्डकीको डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश


३० असार, काठमाडौँ । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको छ । अदालतले नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले कालीगण्डकी डाइभर्सनको काम अगाडि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

नदीको पाकृतिक वहावलाई पथान्तरण (डाइभर्सन) गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्राम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै कामहरु नगर्न आदेशमा भनिएकाे छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १५:३१