१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

केपी ओली प्रधानमन्त्रीबाट हट्दा सबैभन्दा दुःखी कांग्रेसकै कार्यकर्ता, यस्तो छ टिप्पणी


३० असार, काठमाडौँ । एक जना नेपाली कांग्रेसका इमान्दार कार्यकर्ता कलाकार सुवास रेग्मीले एमाले अध्यक्ष ओली प्रधानमन्त्रीबाट च्यूत भएकोमा दुःख प्रकट गर्नुभएको छ ।

विन्दावासिनी म्युजिक प्रालिका सञ्चालक र सञ्चारकर्मी समेत रहेका रेग्मीले सामाजिक सञ्जाल मार्फत आफू कांग्रेसको कार्यकर्ता हुँदा हुँदै पनि इमान छाडेर सूर्यमा मत दिएको खुलासा समेत गर्नुभएको छ ।

उहाँले राजनीतिक स्थिरताका लागि अाफूले कांग्रेस कार्यकर्ता भएर पनि एमालेको सूर्यमा मत दिएको उल्लेख गर्नुभएको छ ।
रेग्मीले सामाजिक सञ्जालमा व्यक्त गरेको भावना उहाँकै शब्दमा तल पढ्न सक्नुहुन्छ ।

हजुर प्रधानमन्त्री बाट खुस्किदा सबै भन्दा दु:खी म भयको छु । मैले आफ्नो जिन्दगीमा “ईमान” छाडेर सुर्यमा भोट हालेको थिएं, किनकी म “राजनीतिक स्थिरता” चाहन्थे। मैले २/४ छाक भात खांए हजुरको निवास मा आएर अरू माखो भुत्लो केही पाईएन ओलि बा ।

मेरो जनप्रतिनिधि लाई मन्त्री बनाउनू भो यसमा चै खुशी भंए म । उनै मन्त्री (भूमी सुधार मन्त्री पदमा अर्याल) ले गरेका कामले हजूरको कार्यकालमा सरकारको साख पनि जोगायो ।

नोट:- गणतन्त्र बुझ्ने प्रचन्ड मात्र हुन, अरूलाई यो व्यवस्था वाँदरको हातमा नरिवल रहेछ, यो ज्ञान प्राप्त भयो र नयाँ पिएमज्यूबाट पनि केही अपेक्षा गर्दिन । शुभरात्री ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार ०८:१२