१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

दुई घण्टा कुरेका माधव नेपाललाई निर्दलीय प्रधानमन्त्री देउवासँग हात मिलाउने हतारो (फोटोफिचर)


२९ असार, काठमाडाैँ । निर्दलीय प्रधानमन्त्रीको सपथ खानुभएका सांसद शेरबहादुर देउवालई पहिलो बधाई नेकपा एमालेका नेता माधवकुमार नेपालले दिनुभएको छ । दुई घण्टादेखि शितल निवासमै बसेर देउवाको सपथ समारोहमा सहभागी नेपालले प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिएपछि मञ्चमा गएर उहाँलाइ हात मिलाएर बधाई दिइ नमस्कार गरेर बिदाइ हुनुभएको छ ।

अरूले नमस्कार गरेर बधाइ दिएका छन । कोरोनापछि नेपालमा समान्यतया हात मिलाउन छाडिएको छ । तर नेपालले भने हतारिएर हात फिजाएर मिलाउनुभयो । देउवा हात मिलाउन तयार हुनुहुन्थेन नमस्कार गर्दै हुनुहुन्थ्यो तर माधव नेपालले हात धेरै नै अघि सारेपछि देउवाले हात मिलाएर धन्यवाद भन्नुभयो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार २०:४६