१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

प्रधानमन्त्री देउवासहित चार मन्त्रीले लिए पद तथा गोपनियताको सपथ


२९ असार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । मंगलबार राति ८ बजे शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । उहाँले मंगलबार नै चार जना मन्त्री बनाउनु भएको छ । नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँड गृह, जनार्दन शर्मा अर्थ, ज्ञानेन्द्रबहादुर कार्की कानुन र पम्फा भुसाल, उर्जा हुनुहुन्छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार २०:३६