२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

निदाएका मेरा नयन झस्किएर खुल्छ सधैँ (कविता)


—दुर्गा पुडासैनी

तेजस्वी व्यक्तित्वमा मुस्कान कुल छ सधैँ
ओठमा कुण्ठित शब्द, नयन झस्किएर खुल्छ सधैँ

रंगमन्चमा रम्ने बानि मनोरन्जन असुलछ सधैँ
नेपथ्यको गन्तव्यले नयन झस्किएर खुल्छ सधैँ

बन्द नयन सपनामा रमायर कुल छ सधैँ
निदाएका मेरा नयन झस्किएर खुल्छ सधैँ

कुण्ठित शब्द गगन चुम्ने मन हुन्छ सधैँ
एकाग्र मेरो नयन झस्किएर खुल्छ सधैँ

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार १७:२७