२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

सुवास नेम्वाङले माधव नेपालको हातैमा थमाए कार्यदलको सहमति


२९ असार, काठमाडौँ । नेकपा एमालेको विवाद समाधान कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले १० बुँदे सहमति बद्रोही नेता माधवकुमार नेपालको हातमा थमाउनुभएको छ । मंगलबार बिहान उपमहासचिव पौडेलसहित नेपाल निवास कोटेश्वर पुग्नुभएका नेम्वाङले सहमतिको बुँदा थमाउनुभएको हो ।

प्रतिवेदन हातमा दिँदै नेम्वाङले नेपाललाई एमाले समाप्त पार्ने अभियान छाड्न अनुरोध गर्नुभएको थियो । नेपालले अझै आफ्ना असहमति राख्नुभएको र अब केही दिनभित्रै ओली र नेपालको बीचमा द्धिपक्षीय छलफल गराएर पार्टीलाई अघि बढाइने स्रोतले जनाएको छ । नेपालसँगको छलफलपछि नै मंगलबारका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १४:३७