२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

आईपीओ निष्कासन गर्ने तयारीमा नर्भिक अस्पताल

२९ असार, काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो ।

नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको हो ।

यो सँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’बाट रुपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमीटेड’ भएको छ ।

पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक (आइपीओ) निष्कासन समेत गर्नेछ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १२:१६