३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

यस्तो बेला रमाएको सुहाउदैन साथी (कविता)

–तुलसी न्याैपाने

आज मलाई पर्यो विपत भोली तिम्लाई पर्न सक्छ
छिन भरको हासो खुसी छिनै भरमा हर्न सक्छ ।

प्रकृति भनेको सत्य हो त्यो आफैमा साचो हुन्छ
यस्तो बेला रमिता हैन सहयोगको खाचो हुन्छ
तिमी त आयो है पानी जहाज आयो भन्दै हिड्छौ अरे
आखिर यस्तै ताल हो भने मानवता नै मर्न सक्छ

यस्तो बेला रमाएको सुहाउदैन साथी
आज मलाई पर्यो विपत भोली तिम्लाई पर्न सक्छ
छिन भरको हासो खुसी छिनै भरमा हर्न सक्छ ।

जुनै सरकार आए पनि प्रकृतिको आफ्नै सुर छ
प्राकृति भन्दा माथी कोही हुदैन साथी
खिसी टेउरी गर्नु भन्दा सहयोग गर्नै जाती
हे साथी
खिसी टेउरी गर्नु भन्दा सहयोग गर्नै जाती..

प्रकाशित मिति : July 13, 2018 at 3:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/