१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मनकामना स्मार्ट लघुवित्तको नतिजा यसरी हेर्नुहाेस

२८ असार, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ७५३ आवेदकको ३७ हजार ९२० कित्ता आवेदन रद्द भएको छ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ३६ हजार ३ सय ४९ जनाले १० कित्ता सेयर हात पारेका छन् । जसमध्ये १० कित्ता भन्दा धेरै आवेदन दिने भाग्यमानी २ जनाले थप एक एक कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् । बाँकी १९ लाख ९९ हजार ९०० आवेदकको भने हात खाली भएकाे छ ।  बाँडफाँड गरिएपछि आईपीओ रिजल्ट ४ विधिबाट हेर्न सकिन्छ । लगानीकर्ताले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थको वेबसाइट https://www.manakamanalbs.com/, सिडिएससको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएससीले आईपीओ हेर्नका लागी संचालनमा ल्याएको वेबसाइट https://iporesult.cdsc.com.np/ र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/shareallotment मा गएर हेर्न सक्निछ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार ११:०६