१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

२८ असार, काठमाडौंँ । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आज कार्यालय समयभर आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओमा आइतबारसम्म ४.५६ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबारसम्म १८ लाख ३५ हजार ६ सय ५६ जनाले २ अर्ब ९४ करोड ६३ लाख ४९ हजार रुपैयाँको २ करोड ९४ लाख ६३ हजार ४ सय ९० कित्ताको लागि आवेदन परेको छ ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । इन्स्योरेन्सले निष्काशन गरेकाे कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १०:३४