१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मनकामना स्मार्ट लघुवित्तको आइपीओ सोमबार बाँडफाँड

२७ असार, काठमाडाैँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ।  उक्त आईपीओकाे बाँडफाँड भाेलि बिहान ९:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यलयमा गरिने  क्यापिटलले जनाएको छ । आईपीओको प्रि-अलटमेन्ट शुक्रबारसम्पन्न भएकाे थियाे ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आईतवार १३:३०