१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

आइतबार नेप्सेमा २ कम्पनीकाे बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

२६ असार, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे १५ लाख ८ हजार एक सय ५० दशमलव ३६१८ कित्ता सेयर सूचिकृत भएको हाे ।

डिप्रोक्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश वितरण थियो। जसमा १५ प्रतिशत बोनस सेयर र बाँकी ५ प्रतिशत नगद लाभांश रहेको थियो। सोही १५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

त्यस्तै, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ३१ प्रतिशत बाेनस बापतकाे १ कराेड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

नेपाल लाइफ इन्स्योरेन्जले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्तापुँजीको कुल ५१ प्रतिशत लाभांश बाँडेको थियो। जसमा ३१ प्रतिशत बोनस सेयर र बाँकी २० प्रतिशत नगद लाभांश रहेको थियो। सोही ३१ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित मिति : २७ असार २०७८, आईतवार १२:५९