१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

घोराही सिमेन्टको कर छल्ने काइदा, अर्कै उद्योगको खानीबाट चुनढुंगा चोरी


२७ असार, दाङ । दाङको घोराही सिमेन्टले अर्कै उद्योगको चुनढुंगा चोरी गरिरहेको तथ्य खुलेको छ । पुरुषोत्तमलाल संघाईको घोराही उपमहानगरपालिका–४ मा सञ्चालित घोराही सिमेन्ट उद्योगले लामो समयदेखि रोल्पा सिमेन्ट उद्योगको स्वामित्वमा रहेको चुनढुंगा खानीबाट कच्चा पदार्थ  अवैध रूपमा ओसारी रहेको पाइएको हो ।

घोराही सिमेन्टले बाटो बनाउने नाममा रोल्पा सिमेन्टको चुनाढुंगा उत्खनन् गरेर लगेको सो उद्योगले जनाएको छ । घोराहीले दैनिक सयौँ टिपरले चुनढुंगा ओसारीरहेको छ । अहिलेसम्म झण्डै नौ हजार टिपर चुनढुंगा रोल्पाको खानीबाट घोराहीले लगेको उद्योगीले आरोप लगाएका छन । उद्योगले सगरमाथा र सगरमाथा गोल्डको नाममा अहिले बजारमा सिमेन्ट बेचिरहेको छ ।

उद्योगले उत्पादन गरेको सिमेन्ट गुणस्तरहीन भएको र वातावरणीय प्रभाव न्यूनिकरणका लागि समेत काम नगरेको ठहर गर्दै यसअघि पनि पटक पटक कारबाहीको निर्णय भएको छ यद्यपी उद्योगका सञ्चालक परूषोत्तमलाल संघाइले त्यस क्षेत्रको माओवादी नेता, स्थानीय प्रशासन र खानी विभागलाई प्रभावमा पारी गलत कामलाई निरन्तरता दिइरहेका छन ।

यो पनि पढ्नुहोस्

गुणस्तरहिन पुष्टि भएपछि सगरमाथा सिमेन्टको बिक्री बन्द, सिमेन्ट प्रयोग नगर्न सर्वसाधरणलाई अपिल

सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा, प्रदूषण नियन्त्रणमा उद्योगले चासो दिएन

सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट सर्बसाधारण आजित

घोराहीले रोल्पा सिमेन्टको सामग्री चोरीका लागि रोल्पा चुनढुंगा उद्योग भनेर अर्को खानी दर्ता गरेको पनि खुलेको छ । रोल्पा सिमेन्ट र रोल्पा चुनढुंगा उद्योग उस्तै भएपछि प्रशासनलाई झुक्याउन सजिलो हुनेभएको त्यसो गरिएको बुझिएको छ । चुनढुंगा चोरीमा जिल्ला प्रशासन कार्यालयले समेत विवादित उद्योगपति पुरूषोतमलाल संघाईको संरक्षण गर्दै आएको छ । संघाईलाई नेकपा माओवादी केन्द्रले समेत संरक्षण दिइरहेको छ ।

चनुढुंगाको चोरीमा घोराहीले प्रेम प्रकाश पुनको स्वामित्वमा रहेको पुन कन्सट्रक्सन प्रालिको प्रयोग गर्दै आएको छ । पुनः माओवादी निकटका व्यवसायी हुन । संघाईले जिल्ला प्रशासन कार्यालय रोल्पा, दाङ र सल्यानलाई मिलाएको बताइएको छ । ती कार्यालयले प्रभाविता र अन्य उद्योगीको गुनासो सुन्ने भन्दा पनि संघाइको पक्षमा काम गर्ने गरेका छन । अझ संघाईले खानी विभाग त आफ्नो मुठीमै रहेको भन्दै अन्यलाई धम्की दिने गरेका छन ।

घोराही सिमेन्टको चोरी रोक्नका लागि रोल्पाको त्रिवेणी गाउँपालिकाले पटक पटक पत्र लेखेर चेतावनी दिएपनि त्यसको पटक पटक उलंघन गर्दै आएको छ । घोराहीले करोडौँ राजस्व समेत छली गर्दै आएको छ । यद्यपी उसले राजनीतिक र पैसाको प्रभावमा आफ्नो कर्तुत छोप्दै आएको छ । पटक पटकको चेतावनी र लिखित आग्रहलाई नटेरेपछि यही असार २३ गते खानी विभागले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र त्रिवेणी गाउँपालिकालाई पत्र लेखी भैरहेको काम रोक्न आदेश दिएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आईतवार १३:३८

https://srdb.com.np/