१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गर्यो, आइतवारबाट एकिकृत कारोबार सुरु हुने

२६ असार, काठमाडाैँ । भोलि असार २७ गतेबाट नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार सुरु हुने भएको छ । नबिल बैंकले युनाइटडे फाइनान्स लिमिटेडसँगको प्राप्ती प्रकृया पुरा गरेसँगै आइतबारबाट संयुक्त कारोबार सुरु हुने भएको हो ।

यसअघि दुबै कम्पनीले असार ५ गते विशेष साधारण सभा सम्पन्न गरी प्राप्ती सम्बन्धी प्रस्तावलाई अन्तिम रुप दिएका थिए । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १८ गते प्राप्तीका लागि अन्तिम स्वीकृति प्राप्त भएसँगै नबिल र युनाईटेड फाइनान्स एक भएर काराबोर सुरु गर्न लागेका हुन ।

युनाइटेड फाइनान्सको १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदानगर्ने नबिल बैंकले प्राप्ती गरेको हो । प्राप्ती पश्चात युनाइटेड फाइनान्सको १ अर्ब ४ करोड ८ लाख ३४ हजार चुक्ता पुँजी थपिएर नबिल बैंकको चुक्तापूँजी १४ अर्ब ५२ करोड ९ लाख ९३ हजार पुग्नेछ ।

नविल बैंकको प्रतिशेयर आम्दानी ३६।४० रुपैयाँ रहेको छ भने युनाइटेड फाइनान्सको प्रतिशेयर आम्दानी १०।४६ रुपैंयाँ रहेको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार २१:३५