२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सबै विवाद मिलायाैँ, सहमतिको घोषणा भोलि हुन्छः गोकर्ण विष्ट (भिडियोसहित)


२५ असार, काठमाडाैँ । सत्तारुढ नेकपा एमालेमा अन्ततः सहमति जुटेको छ । करिव ७ घण्टा अर्थ मन्त्रालयमा बसेको संयुक्त कार्यदलको बैठकले लामो समयदेखिको अन्यौलता चिर्दै सहमति गरेको हो । सहमतिबारे भने नेताहरुले केही खुलाउनुभएन । बैठकपछि नेकपा एमालेका सचिव एवं विवादको सुरूदेखिनै एकताको पक्षमा निरन्तर उभिनुभएका नेता गोकर्ण विष्टले सबै विषयमा सहमति जुटेको र भोलि घोषणा हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुयभो । ‘आधा दर्जन विषयमा सहमति भएको छ, एकाध विषयमात्र बाँकी छ भोलि सहमतिमा पुग्छौं,’ उहाँले भन्नुभयो, ‘समय अभावका कारण एकाध बाँकी रह्यो ।’ विष्टले पार्टीलाई एकताबद्ध गरिने बताउनुभयो ।

कार्यदलका सदस्य प्रदीप ज्ञवालीका अनुसार आजको बैठकमा सहमति भएको छ । ‘बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं, भाषिक परिमार्जनलगायतका विषयमा फेरि बस्नुपर्ने भएकाले भोलि छलफल गर्छौं,’ उहाँले भन्नुभयो, ‘यतिचाहिँ शेयर गर्न सक्छु सहमतिको विन्दुमा पुगेका छौं, नेता कार्यकर्तामा पार्टीको भविष्य के होला भन्ने थियो, त्यसलाई दुर गर्ने गरी सहमति गरेका छौं ।’

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार २०:२६

https://srdb.com.np/