१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने

२५ असार, काठमाडाैँ । नेपाललाई विश्व बैंकले १० करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५/५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।

यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय तथा उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने विश्व बैंकको विश्वास छ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार १३:४२