२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

शुक्रबार पनि बढ्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२५ असार, काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार पनि सुनकाे मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । त्यस्तै, तेजावि सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

विहिबार सुनकाे मूल्य १ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ३ सय र तेजावि सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएकाे थियाे । त्यस्तै, चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार ११:२६