९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

आईपिओ निष्काशन गर्न मैलुङ खोला जलविद्युतले पायो अनुमति

२४ असार, काठमाडाैँ । मैलुङ खोला जलविद्युत कम्पनिले आईपिओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशन गर्न २०७४ माघ १८ गते आवेदन दिएको ४ वर्षपछि हिजो अनुमति पाएको हो ।

बोर्डबाट अनुमति पाएसँगै जलविद्युतले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गर्ने छ । आईपिओ निष्काशनका लागि बोर्डले मागेको आवश्यक कागजात कम्पनीले उपलब्ध गराउन नसक्दा ४ वर्षसम्म प्राथमिक शेयर अईपिओ जारी गर्ने अनुमति पाउन नसकेको हो ।

कम्पनिको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँको ७० प्रतिशत शेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत शेयर स्वामित्व संरचना रहेको छ । जसमा २५ करोड ७७ लाख रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता गरिसकेको छ । रसुवाको डाडाँगाउँमा रहेको जलविद्युत आयोजनाको ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ । कम्पनिको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार १२:०३