२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

एमालेमै रहन माधव नेपालले मागे सरकारी नियुक्तिमा भागभण्डा, पार्टी अध्यक्ष र अधिकार


२४ असार, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमै रहन तीन शर्ता अघि सार्नु भएको छ । बुधबार काठमाडौँको मेरियट होटलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा नेता नेपालले तीन शर्त अघि सार्नुभएको हो ।

नेता नेपालले सरकारले गर्ने सबै नियुक्तिमा भागवण्डा हुनुपर्ने, महाधिवेशन अघि नै दोस्रो भए पनि पार्टीको अध्यक्ष बनाउनुपर्ने र संगठन परिचालनमा अधिकार दिनुपर्ने तीन शर्त राख्नुभएको छ । मेरियटमा साँझ साढे ७ बजेदेखि २ घण्टा चलेको छलफलमा दुइ नेताका बीचमा यस्तै कुरा भएको स्रोतले जनाएको छ ।

नेपालको आग्रहमा ओलीले तत्काल स्वीकार गर्ने वा अस्वीकार गर्ने केही नबताएको स्रोतले जनाएको छ । छलफलपछि नेता नेपालले आफैँले केही सञ्चारकर्मीसँग टेलिफोन संवाद गरी आफूहरूको संवाद सकारात्मक नरहेको र ओली माग पूरा गर्न तयार नभएको सन्देश सम्प्रवेषण गराउनुभएको थियो ।

यध्यपी दोस्रो तहका नेताहरू डा भीमबहादुर रावल र सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक भएको र आज बिहीबार नै निष्कष निस्कने जानकारी दिनुभएको थियो । दुइ नेताको बीचमा एमाले एक रहेको विषयमा सन्देश दिन एउटा संयुक्त विज्ञप्ति जारी गरेर अघि बढ्ने विषयमा पनि कुराकानी भएको छ । विज्ञप्तिको भाषाको सम्बन्धमा बिहीबार बस्ने कार्यदलले अन्तिम टुंगो गर्नेछ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार ०९:०३

https://srdb.com.np/