१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

देउवा र प्रचण्डको मिसन छाडेर माधव नेपाल एमाले नेतासँग सँगैबस्दा यस्तो देखियो


२४ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीचको संवादहिनता तोडिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुल मिसन छाडेर बुधबारबाट नेपाल ओलीसँगको संवादमा जुट्नुभएको छ ।

काठमाडौँको नक्सालमा रहेको  मेरियट होटलमा उहाँहरूले दुइ घण्टासम्म वार्ता गर्नुयभो । उहाँहरूको बीचमा भएको वार्ता निकै सकारात्मक भएको छ । प्रतिक्रिया दिने दोस्रो तहका नेताहरूले केही दिनमा सकारात्मक परिणाम निस्कने बताएका छन ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार ०८:३०