१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

कालीगण्डकी डाइभर्सन मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार


२३ असार, काठमाडौँ ।  सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले  बुधबार सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हाे ।

अधिवक्ता तुलसीराम पोखरेललगायतले दायर गरेको रिटमाथि छलफल गर्न न्यायाधीश केसीको एकल इजलासले संघीय र लुम्बिनी प्रदेश सरकारलाई छलफलका लागि साउन ४ गते बोलाएको छ । अदालतले दुबै पक्षसँग छलफल गर्न डाइभर्सनसम्बन्धी निर्णय र स्थलगत प्रकृतिको योजनाको कागजातसहित उपस्थित हुन भनेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार १७:३०