१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

जसपाको विवाद टुंग्याउन निर्वाचन आयोगमा इजलास गठन, साउन ३ मा दुवै पक्षलाई बोलाइयो


२३ असार, काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा० को विवाद निरुपण गर्न इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । इजलासमा आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा रहेका छन् । आयोगले विवाद निरुपण गर्न सुनुवाईका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय गरेको छ । आयोगले यदि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन पनि दुबैपक्षलाई अाग्रह गरेकाे छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार जसका दुबै पक्षले आफुहरु नै आधिकारि भएको दाबी गरिरेहका छन् । ऐनअनुसार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि आयोगले सुनुवाइ प्रक्रिया सुरु गर्न इजलास नै गठन गरेको हो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार १७:०७