२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

एमाले एकताको साइडइफेक्टः विपक्षी गठबन्धन विघटन ! देउवा निवास गएनन् माधव नेपाल


२२ असार, काठमाडौँ । सरकारविरूद्ध आन्दोलन गरिरहेको विपक्षी गठबन्धन करिब विघटन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको साथ पाएर सरकारविरूद्ध क्रियाशिल गठबन्धन एमाले एकतामा चाँदीको घेरा पलाएसँगै विघटन बराबर भएको हो ।

केही दिनअघिसम्म कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको विपक्षी गठबन्धनलाई धोका नदिने बताउनुभएको नेता नेपालले सोमबारबाट उक्त गठबन्धन छाड्नुभएको छ । त्यसअघि उहाँ एक्लै गठबन्धनको कार्यक्रममा सहभागी हुँदै आउनुभएको थियो । सोमबार साँझ देउवा निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरुको बैठक डाकिएको थियो। सोमबार साँझ बस्ने भनिएको उक्त बैठकमा एकजना सदस्य माधवकुमार नेपाल गएनन् । त्यसपछि नेताहरू बैठक नै नबसी निस्किए ।

माधव नेपालले पनि सोमबारबाट विपक्षी गठबन्धन भन्दा ओलीसँगको सहमतिमा अघि बढ्न दोस्रो तहका नेताको दबाब निरन्तर पाइरहेका थिए । सोही समयमा ओली र नेपालको बीचमा सहमति भएर एमालेको कार्यदल ब्यूँतिएर काम पनि सुरू भएपछि नेता नेपालले पनि कार्यदलको सहमति मान्ने बताउनुभयो । त्यसपछि विपक्षी गठबन्धन विघटन प्राय बनेको छ ।

नेपाल हिजो बुढानिलकण्ठ पनि नगएपछि सशंकित बनेका माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड अकस्मात दिउँसो नेपाल निवास पुग्नुभयो । उहाँ ओली र नेपालले संयुक्त विज्ञप्ति नै निकालेर एमाले एकताको घोषणा गर्ने बताएपछि डराएर त्यहाँ पुग्नुभएको थियो । एमालेको विवाद मिलेर आजै अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको संयुक्त विज्ञप्ति आउने चर्चा भएपछि जनकपुरको कार्यक्रम छोट्याएर प्रचण्ड सीधै नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार २०:२४

https://srdb.com.np/