२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

भरतपुरमा माओवादी नेताले अंशबन्डाको विवाद मिलाउन पाँच लाख घुस खाए


२२ असार, काठमाडाैँ । भरतपुर महानगरपालिका २५ का वडाका अध्यक्ष एवं नेकपा माओवादीका नेता विजयकुमार भुजेलले अंशबन्डाको विवाद मिलाउन पाँच लाख घुस खाएको पाइएको छ । पीडितहरूले उजुरीपछि सोही वडाका अन्य चार सदस्यले विज्ञप्ति नै निकालेर भुजेलले विवाद मिलाउन पाँच लाख घुस खाएको अारोप लगाएका छन ।

उनीहरूले घुस खाने वडा अध्यक्ष भुजेलको राजीनामा माग गरेका छन् । अध्यक्ष भुजेलले सेवाग्राहीबाट आर्थिक लाभ लिएको उनीहरुको भनाइ छ । आमाछोराबीचको अंशबन्डाको विवाद मिलाउन पाँच लाख रूपैयाँ रकम खाएको वडा सदस्यहरुले विज्ञप्ति नै निकालेर जानकारी दिएका छन ।

वडा सदस्यहरु कमलबहादुर गोदार, पार्वती विक, गौरी जमरकट्टेल र युवराज महतोले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष भुजेलले काम गरिदिएबापत पाँच लाख रूपैयाँ लिएको जानकारी दिनुभएको छ । भरतपुर–२५, शुक्रनगरका लीलाराज महतो र आशा चौधरीबीच अंशबन्डाको लेनदेनमा वडा अध्यक्ष भुजेलले मध्यस्थकर्ताको भूमिका खेल्दै पैसा बुझेका हुन ।  भुजेलले स्वयम् आशा चौधरीले पाँच लाख रूपैयाँ रकम लिएको बताउनुभएको छ । अध्यक्ष भुजेलले भने राजनीतिक रिसइबीका कारण वडा सदस्यहरुले नै आफ्नो विरोध गरेको बताएका छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १९:११

https://srdb.com.np/