१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

नागरिक लगानी कोषको संस्थापक सेयर बाँडफाँड

२२ असार, काठमाडौँ । नागरिक लगानी कोषको संस्थापक सेयर बाँडफाँड गरिएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको कोषको संस्थापक शेयर बाँडफाँड गरिएको हो ।

विक्री प्रवन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको रोहवरमा प्राप्त बोलपत्र प्रचलित कानून बमोजिम १० हजार कित्ता शेयर बाँडफाँड गरेको जनाएको छ । कम्पनीले असार ११ गतेदेखि १८ गतेसम्म आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार ११:०४