३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

माधव नेपाललाई एमालेमा फर्काउने जिम्मा बामदेव गाैतमको, यस्ता छन तयारी


२१ असार, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई एमालेमा फर्काउने जिम्मा उपाध्यक्ष बामदेव गौतमले पाउनु भएको छ । संयोग नै मान्नुपर्छ उनै माधव नेपालसँग असन्तुष्ट बनेर गौतमले एमाले विभाजन गर्नुभएको थियो । अहिले बामदेव गौतम संस्थापन हुँदा नेपालले एमाले छाड्ने धम्की दिएर कांग्रेस र माओवादी नेताको पछि लागेर सरकार र एमलोका विरूद्धमा भाषण गर्दै हिडीरहनुभएको छ । र अहिले उनै नेपाललाई एमालेमा फर्काउने जिम्मेवारी गाैतमले पाउनुभएको छ ।

असार १८ को केन्द्रीय कमिटी बैठकमा गौतमले एकताका निम्ति आफूले पहल गर्ने र त्यसको जिम्मेवारी दिन अनुरोध गर्नुभएको थियो । गौतमको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको र एमालेलाइ एक बनाउने र अन्य शक्तिलाई समेत एमालेमा ल्याउन भूमिका खेल्ने जिम्मेवारी आफूले पाएको आइतबारको राष्ट्रियसभा बैठकबाट बाहिरिनेक्रममा उहाँले जानकारी दिनुभएको छ ।

उहाँले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले दिने फैसलापछि एकताको टुंगो लाग्ने बताउनुभएको छ । गौतमले माधव नेपाल र अध्यक्ष केपी शर्मा ओली एकअर्काप्रति भयंकर रिसाएको भन्दै उहाँहरूको रिस शान्त नहुँदासम्म दोस्रो तहका नेताहरूले गर्ने प्रयाससमेत विफल हुने बताउनुभयो ।

गौतमले केन्द्रीय कमिटी बैठकबाट आफूले एकताको पहल गर्ने जिम्मेवारी पाए लगत्तै पार्टी उपमहासचिव घनश्याम भुसाललाई बढी नै सक्रिय बनाउनुभएको छ । केन्द्रीय कमिटीको बैठक सकिएको दिन राति गौतम निवासमा दोस्रो तहका नेताहरूको बीचमा महत्वपूर्ण बैठक बसेको थियो । त्यसपछि भुसालले नेपाललाई फकाउन अनेक गर्नुभएको छ । यद्पी उहाँले मान्नुभएको छैन । पछिल्लो पटक अध्यक्ष ओलीसँग भुसालले आफ्नै फोनमा नेपालसँग कुरा गराउनुभएको थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०७:४१

https://srdb.com.np/