२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा भन्दै जनकपुरमा युवाहरू सडकमा (भिडियोसहित)


२० असार, काठमाडाैँ । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा भन्दै प्रदर्शन गरेका छन ।

शक्ति प्रदर्शनका क्रममा यूवा संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा र जसपा अध्यक्ष उपेन्द्र यादवसहित विपक्षी गठन्धनका नेताहरुको विरुद्धमा नाराबाजी गरे । उनीहरुले ‘अघि बढ्नुस् केपी बा, हामी साथ दिन तयार छौं’ लगायतका नारा लगाएका थिए । उनीहरूको मुख्य नारा ‘केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा’ भन्ने रहेको थियो ।

प्रदर्शनमा सहभागी सयौं कार्यकर्तामध्ये अधिकांशले बाँसको लाठी बोकेका थिए । जनकचोक पुगेर उनीहरुले विपक्षी नेताहरु उपेन्द्र यादव, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवको पुत्ला समेत दहन गरे ।

प्रकाशित मिति : २० असार २०७८, आईतवार २३:१२

https://srdb.com.np/