२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

ओलीसँग भेट्न नमानेका माधव नेपाल सुरक्षाकर्मी छाडेर सुटुक्क लैनचौर, ८ घण्टा गोप्य वार्ता


१९ असार, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अब एमालेमै रहने मुडमा हुनुहुन्न । यद्यपी भविष्ण बोकेका उनी निकटका केही दस्रो पुस्ताका नेता भने एमालेमै करियर बनाएकाले पार्टी छाड्न नहुने पक्षमा छन ।

त्यसकारण उनीहरू निरन्तर एमालेमा रहन र अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको बीचमा संवाद गराउने प्रयासमा जुटेका छन । तर पछिल्लो समय नेपालले दोस्रो तहका नेताको प्रस्ताव पनि अस्वीकार गर्नुभएको छ ।

शुक्रबार बिहान ओली र आफ्नै समूहका सुरेन्द्र पाण्डे लगायतका नेताहरूसँग भेट्न अस्वीकार गर्नुभएका नेपाल सुरक्षाकर्मी घरमै छाडेर लैनचौर पुगेको पाइएको छ । त्यहाँ नेता नेपालले ८ घण्टा बढी बिताएको पाइएको छ । ओली सबै माग पूरा गरिदिएर एमालेको विवाद अन्त्य गर्ने तयारी गरिरहेको समयमा सबै नेता कार्यकर्ता खुशी भएको बेलामा नेता नेपाल भनेर भूमिगत शैलीमा हराउन सुरू गर्नुभएको छ ।

ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर दिएको हस्ताक्षर फिर्ता लिन सोमबार पाँच बजेसम्मको अल्टिमेटम दिनुभएको छ । सोही समयमा नेपाल भने लैनचौरमा रहेको सभामुख अग्नि सापकोटाको निवासमा बसेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग गोप्य रूपमा ८ घण्टा बढी वार्ता गरेको बुझिएको छ ।

उनी निकट एक नेताका अनुसार नेपाल राति अवेरमात्र घरमा पुगेका थिए । अब केही दिन नेपाललाई उनी निकटकै नेताहरूले समेत प्रत्यक्ष भेट गर्न नपाउने हुन सक्ने ती नेताले बताए ।

शुक्रबार बिहान ओलीसँग वार्तामा राख्नका लागि कुरा गर्न भनेर नेपालको निवासमा पुगेका नेताहरूले एक घण्टा कुर्दा समेत भेट्न नपाएपछि बालुवाटार पुगेका थिए । त्यसरी भेट्न गएर पनि भेट्न नेपाउने नेताहरू सुरेन्द्र पाण्डे लगायतको हुनुहुन्छ ।

दिउँसो पनि नेपालसँग धेरैले सम्पर्कको प्रयास गरे पनि माधव नेपालसँग सम्पर्क गर्न सम्भव नभएको ती नेताले बताए । नेता नेपाल हराएपछि उनी किन यसरी हराए भन्ने बारेमा खोजी गरिरहेको ती नेताले बताए ।

उनले आफूहरूको भविष्य अन्धकार बनाउन नेपाले किन यस्तो गरिरहेका छन भनेर गम्भीर ढंगले खोजी गरिरहेको बताए । ती नेताले अब माधव नेपाल किन बारम्बार सिलगढी जान्छन भन्ने विषयमा समेत खोजी गर्ने बेला भएको बताए ।

ओलीको प्रस्ताव नेपालले अस्वीकार गरेसँगै मिल्नै लागेको एमालेको विवाद झन जटिल मोडतर्फ धकेलिएको छ । अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गर्नुभएको थियो । ओलीको आग्रहलाई नेपालले अस्वीकार गरेपछि दोस्रो पुस्ताका नेताहरूले थालेको एकता पहल फेरि बिच्किएको छ।

बिहीबार साँझ दुवै पक्षका नेताहरूले विवादको निकासका लागि ओली र नेपालबीच संवाद गराउने सहमति गरेका थिए। सोहीबमोजिम ओलीले नेपालसँग भेटघाटको प्रस्ताव राखेका थिए। तर नेपालले भेट्न नमानेको नेताहरूले बताएका छन ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार ०९:०७

https://srdb.com.np/