२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सुरेन्द्र पाण्डेहरूले नै माधव नेपाललाई एक घण्टा कुरेर पनि भेट्न नपाएपछि…


१९ असार, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा राख्नका लागि कुरा गर्न भनेर माधवकुमार नेपालको निवासमा पुगेका नेताहरूले एक घण्टा कुर्दा समेत भेट्न नपाएको पाइएको छ ।

ओलीसँगको टेलिफोन वार्तामा माधव नेपालले आफूले नभेट्ने र कांग्रेस सभापति शेरबहादुर देउवाको साथ कसैगरी पनि नछाड्ने भनेर सन्देश दिएपछि नेपाललाई फकाउन भनेर कोटेश्वरस्थित निवासमा पुगेका नेताहरू सुरेन्द्र पाण्डे लगायतले एक घण्टा कुरोर पनि भेट्न नपाउनुभएको हो आजको नागरिक दैनिकले समाचार लेखेको छ ।

केन्द्रीय कमिटीको बैठक बस्नुअघि भएको नेपाल–ओली संवाद फलदायी नभएपछि सुरेन्द्र पाण्डेलगायतका नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुग्नुभएको हो । तर उहाँहरू त्यहाँ पुग्नुअगावै नेपाल सुरक्षा गार्डसमेत छाडेर सभामुख अग्नि सापकोटाको सरकारी निवास बालुवाटर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न निस्किनुभएको थियो ।

नेपाल घर नआएपछि पाण्डे लगायतका नेताहरू ओलीलाई केन्द्रीय कमिटी बैठक रोक्न अनुरोध गर्न बालुवाटार पुग्नुभएको थियो । बालुवाटारमा उहाँहरूले ओली, ईश्वर पोखरेल र सुवास नेम्वाङलाई भेटेरे बैठक रोक्न माग गर्नुभएको थियो । ओलीले भने पाण्डेलगायतका नेताहरूलाई केन्द्रीय कमिटीको बैठकचाहिँं नरोकिने भन्दै सहमतिका लागि प्रयास जारी राख्न बताउनुभएको थियो ।

ओलीको प्रस्ताव नेपालले अस्वीकार गरेसँगै मिल्नै लागेको एमालेको विवाद झन जटिल मोडतर्फ धकेलिएको छ । अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गरेका थिए। ओलीको आग्रहलाई नेपालले अस्वीकार गरेपछि दोस्रो पुस्ताका नेताहरूले थालेको एकता पहल फेरि बिच्किएको छ।

बिहीबार साँझ दुवै पक्षका नेताहरूले विवादको निकासका लागि ओली र नेपालबीच संवाद गराउने सहमति गरेका थिए। सोहीबमोजिम ओलीले नेपालसँग भेटघाटको प्रस्ताव राखेका थिए। तर नेपालले भेट्न नमानेको नेताहरूले बताएका छन ।

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार ०८:२१

https://srdb.com.np/