१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

काेराेना अपडेटः २८९२ मा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु, ३५९७ संक्रमणमुक्त


१६ असार, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा पीसीआर परीक्षण गर्दा १८८९ जना र ४३८१ जनामा एन्टिजेन परीक्षण गर्दा १००३ जना गरी कुल २८९२ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ ।हालसम्म कोरोना संक्रमणका कारण ९११२ जनाको मृत्यु भएको छ । सोही अवधिमा ३५९७ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३,५६१ रहेको छ । जसमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३०१७ जना संस्थागत आइसोलेसनमा छन् । हालसम्म १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार १६:४३