सामान्य अंकले घट्यो नेप्से
१ ६ असार, काठमाडाैँ । आज सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । नेप्से आज ४.१३ अङ्कले घटेर २८२३.८७ विन्दुमा झरेको छ ।
आज बैंकिङ समूहका सेयर चार अङ्कले, व्यापारको २२ अङ्कले, होटल समूहको ५०, माइक्रो फाइनान्सको ४७, जीवन बीमा समूहको ११२ र लगानी समूहको सेयर १०५ अङ्कले घटेको छ । यस्तै विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, उत्पादन र अन्य समूहको सेयर भने बढेको छ ।
२२० कम्पनीका एक करोड ६२ लाख कित्ता सेयर ५ अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज एचआईडीसीएलको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपर्पोज फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ ।
प्रकाशित मिति : १६ असार २०७८, बुधबार १५:४६












