१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भीमदत्त नगरपालिकाका १० वटा  वडामा इन्टरनेट जडान

–शेरबहादुर सिंह
२८ असार, कञ्चनपुर । भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ ।

नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो ।

नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वडा र नगरपालिका कार्यालयलाई इन्टेरनेटबाट जोड्ने र इ–गभर्नेन्सको अवधारणाअनुरुप काम कारबाही डिजिटल गर्ने उद्देश्यले सबै वडामा इन्टरनेट जडान गर्न थालिएको नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।

“पेपरलेस र डिजिटललाइजेशन गर्ने लक्ष्यअनुसार वडामा ई सूचना प्रणालीसमेत जडान गर्ने कार्यलाई अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । यसअन्तर्गत भीनपा कार्यालयमा टिभी जडान गरिएको छ । चालु आर्थिक वर्ष्भित्र खुला मञ्चमा एलइडी टिभी राख्ने अर्को वर्ष गड्डाचौकी र भाँसीमा पनि विस्तार गर्ने योजना बनाइएको छ ।

एलइडी टिभीबाट नगरपालिकाबाट प्रदान हुने सेवा सुविधासम्बन्धी जानकारी गराइने तथा सूचना र विज्ञापन प्रशारणसमेत गरिने बताइएको छ ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार १४:२८