२ पुष २०८२, बुधबार | Wed Dec 17 2025

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

१५ असार, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त हुनुभएकाे छ । अर्थ मन्त्रालयको असार १४ गतेको निर्णयअनुसार मैनाली नेप्सेको सञ्चालक तथा अध्यक्षमा नियुक्त हुनुभएकाे हाे । मैनाली अर्थ मन्त्रालयका सहसचिव पनि हुनुहुन्छ ।

मैनालीले आज नेप्सेमा पदबहाली गर्नुभएकाे छ । नवनियुक्त अध्यक्ष मैनालीलाई नेप्सेका सीईओ चन्द्रसिंह साउद, सञ्चालक तथा नेप्सेका उच्च अधिकारीहरुले स्वागत गरेका थिए।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १४:५९