२७.३८ अंकले बढ्यो सेयर बजार, सवा ७ अर्बमा खुम्चियाे काराेवार
१३ असार, काठमाडाैँ । साताको पहिलो दिन आइतवार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ विन्दुमा पुगेको छ ।
यस दिन कारोबार रकम भने ७ अर्ब १६ करोड ७४ लाख रुपैयाँमा सिमित भएको छ । आइतवार सेन्सेटिभ परिसूचक ३.७६ अंकले बढ्दै ५२९.४१ विन्दुले बढेको छ । यस दिन अन्तिम समयसम्म कुल २ सय २७ कम्पनी कारोबारमा आएका थिए ।
यी कम्पनीहरूको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता शेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रुपैयाँ बराबरमा कारोबार भयो ।
आइतवार सबैभन्दा बढी जलविद्युत समूहको सूचक बढेको छ । यस समूहको सूचक २.६७ प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा कम माइक्रोफाइनान्स तर्फ ०.१ प्रतिशतले बढेको छ ।
यस दिन दुई कम्पनीहरूको कारोबार सर्किट लेभलमा भएको छ । जसमध्ये सेन्चुरी कमर्सियल बैंक लिमिटेडको सेयर मूल्य ९.९६ प्रतिशत बढ्दै २९८ रुपैयाँ पुगेको छ भने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य ९.९३ प्रतिशतले बढ्दै ८१९ रुपैयाँमा पुगेको छ ।
सबैभन्दा धेरै गुर्खाज् फाइनान्स लिमिटेडले ४.३७ प्रतिशतले गुमाएको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले ४० करोड ७० लाख २५ हजार ७ सय ९७ रुपैयाँ बराबरको कारोबार गरेको छ ।
प्रकाशित मिति : १३ असार २०७८, आईतवार १५:४९












