१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

नुवाकोटको गाउँमा प्रवेश गर्यो प्रशासन, म्याद नाघेका वस्तु यसरी नष्ट गरिदैछ


११ असार, नुवाकोट । नुवाकोटको गाउँगाउँका बजार अनुगमनको टोली प्रवेश गरेको छ । शुक्रबार जिल्लाको शिवपुरी गाउँपालिका पुगेको अनुगमन टोलीले पसलहरूको निरीक्षणको क्रममा भेटेको म्याद नाघेका खाद्यवस्तु नियन्त्रणमा लिएर व्यापारीहरूकै अगाडी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्याल नेतृत्वमा जिल्ला प्रहरी कार्यालय नुवाकोट, घरेलु तथा साना उद्योग कार्यालय नुवाकोट र खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय नुवाकोटका प्रतिनिधीहरुको संयुक्त टोलीले शिवपुरी गाउँपालिकाको वडा नम्बर ६ र ८ का खाद्यान्न तथा किराना पसलहरुमा अनुगम गरेको हो । पसलहरुमा मेटिएको म्याद नाघेको खाद्य बस्तूहरु फेला परेकोमा स्थानिय जन-प्रतिनिधी तथा भद्र-भलाद्मीहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार २१:२८