बिहीबार नेप्सेमा ११ लाख ५१ हजार कित्ता बोनस सेयर सूचिकृत
३ असार, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिर्जना फाइनान्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ ।
आज नेप्सेमा सिर्जना फाइनान्सकाे १३.५९ प्रतिशत बाेनस बापतकाे ११ लाख ५१ हजार ९ सय ५० दशमलव १७ कित्ता सेयर सूचिकृत भएको हाे । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १४.२७ प्रतिशत लाभांश बाँडेको थियो। जसमा १३.५९ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद रहेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १२:२३













