४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रभु बैंकले मुद्दती निक्षेपमा ५.५० देखि ७ प्रतिशतसम्म ब्याज दिने

१ असार, काठमाडाैँ । प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका छन् । प्रभु बैंकले पनि ब्याजदरमा सामान्य परिवर्तन भएको जनाएको छ ।

बैंकको चैतसम्मको आधार दर ७.०६% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्युनतम ९.९९% देखि अधिकतम ११.९९% सम्म ब्याजदर निर्धारण गरेको छ । प्रभु बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ५.५०% र अधिकतम ७% सम्म ब्याजदर दिनेछ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १५:२८