३८.३२ अंकले बढ्याे सेयर बजार, काराेबार रकम र नेप्से परिसूचक दुवैले नयाँ रेकर्ड बनाए
३० जेठ, काठमाडाैँ । साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाली सेयर बजारले अर्काे नयाँ इतिहास कायम गरेकाे छ । आइतबार काराेबार रकम र नेप्से परिसूचक दुवैले नयाँ रेकर्ड बनाएकाे हाे। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.१० विन्दुमा पुगेकाे छ । यस्तै सेन्सेटिभ परिसूचक ११.५४ अंकले बढेर ५३९.४१ मा पुगेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । आइतबार कूल २२० वटा कम्पनीकाे ३ कराेड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
आइतबार ५ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अन्य ४० वटा कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।
प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १५:५५













