१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एउटा बिरुवा रोपे २० रूपैयाँ पाइने

२६ असार, सल्यान ।  शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई रु २० दिने भएको छ । नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा रु २० का दरले उपलब्ध गराइने घोषणा गर्नुभयो ।

नगरपालिकाका १५ वटै वडामा फलफूलका बिरुवा वितरण गर्दै नगर प्रमुख अधिकारीले बिरुवा लिएर हुर्काउने सबैलाई अर्को वर्ष अनुगमनपछि रकम भुक्तानी गरिने जानकारी दिनुभयो । नगरपालिकाले नगरमा आँप, लिची, सुन्तला, कागती, ओखर तथा अन्य जडीबुटीका २४ हजार बिरुवा वितरण गरेको छ ।

प्रकाशित मिति : २६ असार २०७५, मंगलवार ०६:४७