१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

कतिमा भयो सिईडिबी हाइड्रोको पहिलो कारोबार ?

२६ जेठ, काठमाडाैँ । सिईडिबी हाइड्रोपावर कम्पनीको शेयर कारोबार खुलेको छ । बुधबार देखि धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार खुलेको हो ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे ५० कित्ता सेयर प्रतिकित्ता ४१६ रूपैयाँमा काराेबार भएकाे छ । कम्पनीकाे काराेबार हाई रेन्जबाट सुरू भएकाे हाे ।  नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे । मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार ११:४२