१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सेयर बजारमा नयाँ इतिहास कायम, हालसम्मकै उच्च विन्दु पुग्यो नेप्से परिसूचक

२५ जेठ, काठमाडाैँ। मंगलबार नेपाली सेयर बजारले अर्काे नयाँ इतिहास कायम गरेकाे छ । गत सोमबार ठूलो करेक्सनपछि सेयर बजार परिसूचक नेप्सेले गत आइतबारको आफ्नाे रेकर्ड ब्रेक गर्दै मंगलबार नेप्से परिसूचक ५३.४४ अंक बढेर २९६०.१४ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो।

त्यसो त आज ठूला क वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७.४७ अंकले बढेर ५२८ .१० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार यस दिन सबैजसो समूहहरु धनात्मक हुँदा होटल तथा पर्यटन, माइक्रोफाइनान्स र लगानीका क्षेत्रहरु ऋणात्मक भएका छन् ।

मंगलबार कूल २१८ वटा कम्पनीकाे ३ कराेड ५७ लाख ३ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १६:१३