३८ क्वीन्टल सुन तस्करी प्रकरणः गोरेका तीन सहयोगी पूर्पक्षका लागि जेल चलान
२५ असार, मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा चुडामणि उप्रेती ‘गोरे’का तीन जना सहयोगी जेल चलान भएका छन । प्रहरीका अनुसार पुर्पक्षका लागि जेल चलान हुनेमा ‘गोरे’का सहयोगी फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, रामकुमार तिवारी र मदल सिलवाल रहेका छन ।
जिल्ला अदालत, मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशकाे आदेशले सोमबार ६ जना अभियुक्तमध्ये ३ जनालाई पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको हाे । उर्लाबारीका रेवत भन्ने रेवन्तकुमार आचार्य १ लाख २१ हजार ५ सय रुपैयाँ, दमक–९ का विनोद अधिकारी र दोलखा चरिकोटका मोतीराम श्रेष्ठ १ लाख रुपैयाँ धरौटी तिरेर छुटेका छन । सुन प्रकरणमा यसअघि ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
प्रकाशित मिति : २५ असार २०७५, सोमबार १७:३६