१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

मंगलबार नेप्सेमा २० लाख १० हजार कित्ता बोनस सेयर सूचिकृत

२५ जेठ, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २० लाख १० हजार कित्ता सेयर सूचिकृत भएको हाे ।

फागुन २५ गते नक्सालस्थित एलआईसी शिक्षालय हलमा सम्पन्न कम्पनीकाे १८ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ बाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशतले हुन आउने बोनस सेयर र ०.५२६३ नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । सोही १० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १२:५२