१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेप्सेबाट साउद बर्खास्त भएपछि अर्थ मन्त्रालयका उपसचिव अर्यालले सम्हाले जिम्मेवारी

२५ असार, काठमाडाैँ । सरकारले अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । सरकारले नियुक्त गरे लगत्तै उनले सोमबार नै पदभार ग्रहण गरेका छन् । अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयले उपसचिव अर्याललाई सीईओको जिम्मेवारी दिएको जनाएको छ ।

पदभार ग्रहण गर्दै अर्यालले पूँजी बजार विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । यसअघि सरकारले चन्द्रसिंह साउदलाई असार २२ गतेबाटै लागू हुने गरी सीईओ पदबाट बर्खास्त गरेको पत्र थमाइ सकेको छ ।

अनलाइन प्रणाली कार्यान्वयन गर्न लागिएको अवःथामा नेप्सेमा प्रमुख कार्यकारी परिवर्तन भएको हो । प्रमुख कार्यकारी परिवर्तनसँगै अनलाइन प्रणालीको भविष्यबारे प्रश्न उठेको छ । नेप्सेले हालै मात्र अनलाइन प्रणालीको युजर एसेप्टेन्स टेष्ट (यूएटी) गर्न कम्पनी छनोट गरिसकेको छ । छनोट भएको कम्पनीसँग सहमतिपत्रमा हस्ताक्षर चाहिँ भइसकेको छैन ।

प्रकाशित मिति : २५ असार २०७५, सोमबार १६:४९