१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

पूर्वमन्त्री ढकालको पहलले सार्थकता पायो, हवाइ इन्धनको मूल्य १७८ डलरले घट्यो

२३ जेठ, काठमाडौँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको पहलले सार्थकता पाएको छ । ढकालले भएकै समयमा बिहीबार मन्त्रालयमा सरोकारवालाहरूको बैठक राखेर हावाइ इन्धनको मूल्य घटाउनका लागि नेपाल आयल निगमलाइ त्रिभुवन विमानस्थलमा जग्गा उपलब्ध गराउने निर्णय लिनुभएको थियो ।

बिहीबार पर्यटन मन्त्रालयमा भएको छलफल अनुसार निमगले आइतबारबाट अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य १७८ डलरले घटेको छ । प्रति किलोलिटर ८९३ डलरमा बिक्री गर्दै आएको हवाइ इन्धन १७८ डलर घटाएर अब ७१५ प्रतिकिलोलिटरमा बिक्री गर्ने निर्णय गरेको छ । निगमको निर्णय आइतबार राति १२ बजेदेखि लागू हुनेछ । प्रतिशतमा हेर्दा २५ प्रतिशत घटेको छ ।

बिहीबार मन्त्रीको हैसियतामा इन्धनको मूल्य घटाउन वातावरण बनाउने छलफलमा पूर्वमन्त्री ढकाल ।

हवाई इन्धनको मूल्य घटाउनका लागि बिहीबार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री भानु भक्त ढकालले पहलकमदी लिनुभएको थियो । सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै हवाई इन्धनको मूल्य समायोजनका लागि पहल लिनुभएको थियो ।

मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिम प्रकाश पौडेल लगायतसँग छलफल गरेर हवाई इन्धनको मूल्य घटाउन अनुरोध गर्नुभएको थियो ।

इन्धनको मूल्य घटाउँदा माग बढ्ने भएकाले निगमको स्टोरेज क्षमता बढाउन आवश्यक जग्गा व्यवस्थापनाका लागि सहयोग गर्न नागरिक उड्डयन प्राधिकरणलाई पनि ढाकालले तत्कालै निर्देशन पनि दिनुभएको थियो । हवाई इन्धनको समयानुकुल समायोजन नहुँदा नेपाल आउने पार्यटक चर्को भाडामा पर्दै आएका छन ।  निगमको विज्ञप्ति तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार २३:१२