४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

सेयर बजारमा नयाँ रेकर्ड कायम, बैंकमा लगानीकर्ताको आकर्षण बढ्याे

२३ जेठ, काठमाडाैँ । सेयर बजारले नयाँ इतिहास रचेको छ । बजारमा इन्डेक्स सहित कारोबार रकममा पनि नयाँ इतिहास रचेको छ । पछिल्लो समयमा बजारले आफ्नो इतिहास आफैँ ब्रेक गर्दै अघिबढिरहेको छ । यो दिन बैंकमा लगानीकर्ताको आकर्षण बढ्दा बजारलाई नयाँ रेकर्ड कायम गर्न सहज भएको छ । बजार मापन गर्ने सूचक ५०.१४ अंकले बढेर परिसूचक २९०६.९१ बिन्दुमा रोकिएको छ ।

कारोबार रकमले पनि नयाँ रेकर्ड कायम रहेको छ । यो दिन २१८ कम्पनीको १ लाख ७१ हजार ६० कित्ता सेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४ रुपैयाँको सेयर किनबेच भएको छ । याे दिन उत्साहजनक काराेबार भएकाे छ । याे अहिलेसम्मकै बढी हाे ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १५:२३