१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओलाई रेटिङ कति ?

२३ जेठ, काठमाडाैँ । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न भएकाे छ । लघुवित्तकाे साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले हालसम्म नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छैन । धिताेपत्र बाेर्डमा निवेदन पेश गरि त्यहाँबाट स्वीकृती पाएपछि यस लघुवित्तले आईपीओ निष्कासन गर्ने छ । संस्थाले यसअघि नै आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १२:१२