११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

फागुन २३ यता माधव नेपालको “विधि-पद्दति”काे रटान घायल र रनभुल्ल

-सूर्य थापा 

पाँचकाे महिमागान –
पञ्चतत्वकाे बारेमा त कुरै नगराैं,
महाभारतमा पाँच पाण्डव थिए,
नेपालमा २४० बर्षतक श्री पाँच निरन्तर थिए,
तीस बर्षसम्म पञ्चायती निरंकुश शासन चलेकाे थियाे,
कूटनीतिमन पञ्चशीलकाे सिद्धान्त छ,
लय मिलाउन तीन पार्टीमा दुई टुक्रा मिसावट गरिएको छ,
तब “पाँचकाे माेर्चा” अस्तित्वमा रहेकाे छ,
र, “पाँच”माेर्चा सक्रिय छ –

अर्थात् आजकल “पाँच”हरूकाे”गुड जब” चलिरहेकाे छ, पहिले सात,आठ र नाै वाम समूह थिए, त्यस्तै !
समयले यस्ताे नयाँ हैसियतका साथ देउवा, दाहाल, नेपाल, यादव र हाम्री कान्छी भाउजुलाई एकसाथ सक्रिय भूमिकामा उभ्याइदिएकाे छ कि पूरै २० प्रतिशतमा महिला सहभागी !

दिनहुँजसाे वक्तव्य निकाल्नु “पाँच”काे नित्य कर्तव्यजस्तै बनेकाे छ ।

संविधान, कानुनले नेपाल र यादवजीकाे उपस्थितिमा प्रश्नचिह्न खडा छ । तर यादवका साथ “बहुराष्ट्रिय राज्य”काे नीति हाजिर छ, कान्छी भाउजुकाे हस्ताक्षरका साथ”संघीयता खारेजी”काे दुर्लभ नीति, दाहालसँगै देशले अस्वीकार गरेकाे “हिंसा, जातीय संघीयता र कम्फर्टेवल सरकार”काे कठीन प्रयाश, अनि देउवा दाजुकाे हस्ताक्षरमा “प्रतिगमनकाे सारथि बनेकाे ऐतिहास अनुभव र गाेर्खाली राजाले गरेकाे न्याय !”

समष्टिमा तथाकथित प्रतिगमनकाे नक्कली भाष्य र न्यारेटिभका लागि मार्क्सवादमा हेगेल र फायरवाखकाेजस्तो याेगदान, सिर्जनशीलता र वैज्ञानिक विकास । गज्जब !!

पाँचमै हेराैं त-

१. देउवा दाजु प्रतिगमनदविरूद्दका नायककै रूपमा स्वीकारिनु भएकाे छ । तर लुई बाेनापार्टकाे आठाैं ब्रुमेर पढ्ने हाे भने खास प्रतिगमन ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते दाजुकै सबल काँधमा सवार भएर लादेका थिए। अर्थात, प्रतिगमनकाे मतियार भएर सेवा गरेकाे अविस्मरणीय अनुभव दाजुकाे छ ।

कैलालीकाे चुनाव “पारिवारिक लाेकतन्त्र”काे कस्ताे नमुना अभ्यास थियाे ? २०७४ काे प्रतिनिधिसभा निर्वाचनमा भाेग्ने मा. नारदमुनि रानाथारूले सायद बिर्सनुभएकाे छैनहाेला । उहाँकाे लाेकतन्त्रकाे दु:ख त शीतलनिवास र सर्वाेच्च अदालतामा लगिएका अरूअरूका हस्ताक्षरहरूमै स्पष्ट छ । वीपी, केपी, जीपीले नेतृत्व गरेकाे नेपाली काँग्रेसकाे इतिहास सायद आजकल डा. सूर्यमणि अधिकारीकाे पुस्तकमा स्तब्ध छ हाेला । तर अधिनायकवादविरूद्द लड्नु जाे छ र पाँचौ पटक प्रधानमन्त्री बन्न खाेज्दा राेकेर हाँस्न र रूनसमेत दिइइकाे छैन। यसरी ज्याेतिषलाई नै झूठ सावित गर्न पाइन्छ ?

२.दाहालकाे नेतृत्वमा ३३ बर्ष लामाे निरन्तर पार्टीको एकल मुख्य नेतृत्वमा आसीन विराट अनुभव छ, जनताका छाेराछाेरीकाे काँधमा बन्दुक राखी १७ हजार मानिसको मृत्युपर्व लगाएर इतिहासका काेत र भण्डारखाल पर्वहरूलाई जित्दै आफूले बरू युद्धकालमा नाेयडा र अरू छिमेकका विभिन्न स्थानमा सपरिवार “फाइभस्टार” सुविधा, सुरक्षा र सुखभाेग गरेकाे नेतृत्वकलाकाे विरासत छ । अनि, दुईपटक प्रधानमन्त्री भएबाहेक राजकीय जिम्मेवारीमा छाेरा, बुहारी,छाेरी, ज्वाईसाहेबहरूकाे गच्छेपिच्छे उपस्थिति गराउने र दाहालतन्त्रकै झझल्काे दिलाउँने अभ्यास गरेपनि तेस्राेपटक प्रधानमन्त्री हुन राेक्ने प्रतिगामी कार्य असैह्य भएको छ।

३. “वरिष्ठ नेता” काे नाममा नेपालले गरेकाे हस्ताक्षर कुखुराकाे शिरमा मयुरकाे प्वाँख सिउरिएजस्ताे पाे देखिइरहेकाे छ । सांसद र पूर्व सांसदहरूका हस्ताक्षर बिक्री र थानगन्ती गर्दै धेरै भविष्य बाेकेका र क्षमतावान कार्कर्ताहरूलाई एम्बुसमा पार्नेक्रम चल्दाे छ। १६ बर्ष पार्टी प्रमुख हुँदा पाउमा दाम हाेस् कि पश्चिम ढाेकामा बिन्तिपत्र चढाएर पनि संभव नभएको तर दुईदुई ठाउँमा चुनाव हार्दा पनि साैभाग्यवश प्रधानमन्त्री भएर हालीमुहाली गरेकाे अनुभवलाई “अपमान” गर्ने ? महाधिवेशनमा पराजित भएर कार्की बैंक्वेट पार्टीको स्वघाेषित अध्यक्ष बन्दै मुसुक्क मुस्कुराएकाे “विधि-पद्दति”काे नेपाल-रटान २०७७ फागुन २३ यता आएर भने घायल र रनभुल्ल छ। कहिलेकहिले बुढानिलकण्ठ त बिहान-साँझ खुमलटारमा हाजिरी तामेल गर्न भ्याइनभ्याई चलिरहेकाे छ!!!

४. यादवकाे जातीय “यादव राज्य”काे स्थापनाकाे पार्टी अभ्यास फाेरमदेखि सजपासम्मै स्पष्ट देख्नेहरूले रमाइलो गरेकाे पाइन्छ । नश्लीय अभ्यासका साथ “पहिले यादव, अनि अरू!” उहाँकाे असली पार्टी, लाेकतन्त्र र राष्ट्रियता रहेकाे तथ्य व्यवहारले नै प्रष्ट गरेकाे छ। राणाकालीन क, ख, ग र घ श्रेणीको वर्गीकरणजस्तै तुलनात्मक अभ्यास हेर्दा क) यादव ख) तराई- मधेसका अन्य जनवर्ग ग) मुस्लिम र घ) राई, भट्टराई र श्रेष्ठकाे हैसियत अभ्यास भइरहेकाे छ। यसकाे गहिराे अनुभूति सायद बाबुराम यमिले राम्रोसँग गर्नुभएको छ हाेला ।

५. कान्छी भाउजू त प्रतिनिधिपात्र मात्रै हाे- उपाध्यक्ष ! उहाँलाई सजिलाे छ, ४७ बर्षदेखि निरन्तर “महामन्त्री” भई नेतृत्व गर्दै आउनुभएका माल्दाई जाे हुँदै हुनुहुन्छ । आवश्यक परे “धाेवी” सिद्धान्तकाे प्रतिपादन गरेर भए पनि भाेट एमालेकाे लिएर जित्ने, हस्ताक्षर गर्न आदेशपालकका रूपमा घरबाटै “नाैलाे जनवादी” उपस्थिति छँदैछ। दस्तावेजमा कांग्रेस, सजपालाई प्रतिक्रियावादी/ राष्ट्रघाती, अनि दाहाल नेपाललाई संशाेधनवादी, “क्यारिरिष्ट” र नक्कली कम्युनिस्ट लेखेर कार्यकर्ता दीक्षित गर्ने, सत्तामुखी टालाली बटुली कति राम्री पुतली माेर्चाचाँहि त्यसविपरीत गर्ने- बिर्सने राेग याने अल्जाइमरकाे समस्या गज्जपकै पाे हाे कि चाहिएजस्तै गर्ने?

प्रतिगमनविरूद्द, लाेकतन्त्र, समाजवाद र राष्ट्रियता, अनि जनजिविकाकाे पक्षमा पाँचैजनाका साझा विशेषता श्रीस्वस्थानी ब्रतकथाकाे

प्रसाद वितरण महिमाद्वारा निर्देशित छ:
“सके आफ्नाे छाेरालाई दिन,
आफ्नाे छाेरा नभए मीत छाेरालाई दिनु
मीतकाे छाेरा पनि नभए गंगाजीमा बगाइदिनु!”
………………….
समवेत् श्वरमा भनाैं-
आऊ मिलाऊ हाम्रा हातहरू
र “पाँच”कै व्यवहारमा परीक्षण गराैं !

(नेकपा एमालेकाको केन्द्रीय सदस्य रहनुभएका थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुनुहुन्छ ।)

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार ११:२८